राजनीति

एकीकृत समाजवादीले गर्‍यो पदाधिकारी चयन, महासचिवमा बेदुराम भुसाल (सूचीसहित)

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसालकाे नाम चयन गरिने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए।

नेकपा एसको वरिष्ठ नेतामा झलनाथ खनाल, र पार्टीकाे तेस्राे वरियताका नेतामा रहने गरि मुकुन्द न्याैपानेकाे चयन भएका छन्। स्राेतका अनुसार उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्याैपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राइ रहेका छन्। 

त्यसैगरि उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल चयन भएका छन्।

सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र कुमार राइ र रामकुमारी झाँक्री नाम टुंगो लागेको खतिवडाले बताए। 

त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३५ सदस्य रहने पार्टी निकट स्राेतले बताएकाे छ। 

प्रकाशित: ७ आश्विन २०७८ ०६:४१ बिहीबार

नेकपा (एकीकृत समाजवादी) पदाधिकारी चयन केन्द्रीय कमिटी बैठक