राजनीति

अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुन्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष यादवले सो कुरा बताएका हुन्। दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताए। हालसम्म मन्त्रालयको बाँडफाँड पनि नभएको उनले जानकारी दिए।  

‘पहिलो, कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ। त्यो भइसक्या छैन', उनले भने, 'दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ। र त्यो खारेज हुन बित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ।'

उनले अगाडि भने, 'दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने दलहरु भित्र र त्यसले अन्तत्वगत्वा लोकतन्त्रलाई अस्थिर बनाउने खालको अध्यादेश भएको हुनाले त्यसलाई खारेज गर्ने र मन्त्रिपरिषद् विस्तार गर्ने।’

प्रकाशित: ४ आश्विन २०७८ ११:४७ सोमबार