राजनीति

कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

शनिबार कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आइलबार एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्।भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिएका थिए। आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताएका छन्।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गरे। रासस

प्रकाशित: ४ आश्विन २०७८ ०४:०८ सोमबार

कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग