राजनीति

जनकपुरधाममा प्रचण्ड

जनकपुरधाममा माओवादी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'लाई स्वागत गर्दै नेताहरू । तस्बिरः नागरिक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' शनिबार जनकपुरधाम आइपुगेका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन दहाल जनकपुरधाम आइपुगेका हुन्।

दहालसँगै जनकपुरधाम आइपुगेका माओवादी नेता मात्रीकाप्रसाद यादवलाई माओवादी प्रदेश २ इन्चार्ज गणेश साह, सह-इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले स्वागत गरेका थिए।

शनिबार प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई पार्टी अध्यक्ष दहालले सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७८ ०८:५७ शनिबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल