राजनीति

पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरूको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको सो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

बैठकमा विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल हुने बताइएको छ।

कांग्रेसले ५६ जिल्लाका विभिन्न वडाहरूमा भने यसअघि नै अधिवेशन गरिसकेको छ। यस्तै, अहिले २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद रहेको कांग्रेसले बताएको छ। उक्त विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्मका लागि सारिएको छ भने १४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

प्रकाशित: २८ भाद्र २०७८ ०३:४९ सोमबार

कांग्रेस नेता रामचन्द्र पौडेल कांग्रेस वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशन केन्द्रीय सदस्यहरु