राजनीति

प्रतिनिधिसभा बैठक भदौ २७ मा बस्ने

प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौ आइतबार बस्ने भएको छ। शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन्।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो। जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन्। 

प्रकाशित: २५ भाद्र २०७८ १२:०९ शुक्रबार

प्रतिनिधिसभा बैठक