राजनीति

एमसीसीविरुद्ध भक्तपुरमा जुलुस

एमसीसीविरुद्ध भक्तपुरमा बुधबार जुलसर भएको छ। नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा विरोध जुलुस गरेको हो। जुलुसमा सयौंको सहभागिता रहेको थियो।

कमलविनायकबाट सुरु भएको जुलुस भक्तपुर नगर परिक्रमा गर्दै सूर्यविनायकमा पुगेर सभामा परिणत भएको थियो। सभामा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, युवा संघका मिनबहादुर बाटा, विद्यार्थी संघका रमेश प्रजापतिलगायतले एमसीसी देशघाती मात्रै नभई एसियाघाती नै रहेको भन्दै कुनै हालतमा यो स्वीकार्य नहुने बताए।

पार्टीले एमसीसीको विरोधमा दैनिक फरकफरक ठाउँंहरुमा देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ।

प्रकाशित: २३ भाद्र २०७८ १३:३० बुधबार

एमसीसी नेपाल मजदुर किसान पार्टी