राजनीति

तेस्रो धारका नेताको आग्रहमा कानुन व्यवसायीको भेलामा गएनन् ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघको भेलामा सहभागी भएका छैनन्। दोस्रो तहका तेस्रो धारका नेताहरुको आग्रहमा ओली कानुन व्यवसायी संघको भेला सहभागी नभएका हुन्।  

पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरीत बैठक बोलाइएको भन्दै तेस्रो धारका नेताहरुले कानुन व्यवसायी संघको भेलामा नजान आग्रह गरेका थिए। शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो।  

कानुन व्यवसायी संघका इन्चार्ज समेत रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए।

प्रकाशित: १८ भाद्र २०७८ १०:१३ शुक्रबार

तेस्रो धारका नेता कानुन व्यवसायीको भेला