राजनीति

कार्यकर्ता विचलित हुनबाट रोक्न एमालेका केन्द्रीय सदस्य रिजाल डोल्पामा

पार्टी विभाजन पछि कार्यकर्तामा आएको विचलन रोक्न नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल डोल्पा पुगेका छन्। नेकपा विभाजन भई नयाँदलको मान्यता पाएको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा कार्यकर्तालाई जानबाट रोक्नको लागि रिजाल डोल्पा पुगेका हुन्।  

भदौ २१ गते सदरमुकाम दुनैमा नेकपा एमालेले अगुवा कार्यकर्ता भेलाको समेत आयोजना गर्ने भएको छ। अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न डोल्पा पुगेका नेता रिजालले आफूहरुले माधवकुमार नेपाललाई शतप्रतिशतको नेता बनाउन चाहेको तर उनी १५ प्रतिशतमा झरेको बताए।  

पत्रकारसंगको संक्षिप्त कुराकानीमा नेता रिजालले माधवकुमार नेपाल प्रति आफ्नो व्यक्तिगत उच्च सम्मान रहेको उल्लेख गर्दै आफैले निर्माण गरेको पार्टीमा १५ वर्ष अध्यक्ष र देशको प्रधानमन्त्री समेत भएर पनि व्यक्तिगत कुण्ठाका कारण पार्टी विभाजन गरेर गलत काम गरेको आरोप लगाए। पत्रकारहरुको फरक प्रश्नमा नेता रिजालले सभामुख अग्नी सापकोटाले आफ्नो पदीय दायित्व भन्दा तल झरेर संबैधानिक पदको दुरुप्रयोग गरेको बताए।सभामुख र निर्वाचन आयोगले नेकपा एमालेलाई अन्याय गरेकाले संबैधानिक न्याय प्राप्तीको लागि नेकपा एमाले न्यायलयको ढोकामा गएको र आफूहरुले उचित न्याय पाउने विश्वास व्यक्त गरे।  

नेकपाबाट निर्वाचित डोल्पा संघीय सासंद तथा पुर्वराज्य मन्त्री धनबहादुर बुढा र प्रदेश सांसद तथा पर्यटनमन्त्री नन्दसी बुढा नेकपा समाजवादी पार्टीमा गएको विषयलाई लिएर संस्था भन्दा व्यक्ति गौण हुने भएकाले एकाद्य व्यक्तिहरु जाँदैमा संस्थालाई कुनै फरक नपर्ने भनाई रिजालको थियो। यसअघि संघिय सासंद धनबहादुर बुढा नेकपा समाजवादीका केन्द्रिय सदस्य हंशबहादुर शाहीले भदौ १५ गते डोल्पाली कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई समाजवादीमा लाग्न प्रेस विज्ञप्तीमार्फत अपिल गरिसकेका छन्।

प्रकाशित: १८ भाद्र २०७८ ०९:०० शुक्रबार

रोक्न एमालेका केन्द्रीय सदस्य रिजाल डोल्पामा