राजनीति

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको कार्यालय स्थापना

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको कार्यालय स्थापना भएको छ। सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हालेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिए।

आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उनीहरुलाई संसदीय दलको नेतामा चयन गरेको थियो। यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो।

प्रकाशित: १७ भाद्र २०७८ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App