राजनीति

रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति पाण्डेको आपत्ति

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले आपत्ति जनाएका छन्। 

सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका थिए। अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाएका हुन्।  

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।

प्रकाशित: १४ भाद्र २०७८ १२:४३ सोमबार

विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे