राजनीति

सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ तर तत्काल फोहोर उठाउनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहर तत्काल उठाउन काठमाडौंं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई निर्देशन दिएका छन्। काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो व्यवस्थापन गरेर फोहोर उठाउने प्रवन्ध गर्न मेयर र उपमेयरलाई निर्देशन दिएका हुन्।  

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर व्यवस्थापन गर्न निर्देशन गरेका हुन्। ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले भने। 

नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ।

प्रकाशित: १४ भाद्र २०७८ ११:३२ सोमबार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा