राजनीति

प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई प्रधान सेनापतिमा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम  मन्त्रिपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बलाधिकृत रथी  प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०७८ १२:२६ शुक्रबार

प्रधानसेनापति