राजनीति

एमालेको प्रवक्तामा योगेश भट्टराई

नेकपा एमाले पुरानै अवस्थामा फर्किएसँगै योगश भट्टराइले पार्टीमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन्। 

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए।

प्रकाशित: ९ भाद्र २०७८ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App