राजनीति

दर्ता प्रक्रियाका लागि आयोगले तोक्यो नेपालको पार्टीलाई सनाखतको समय

निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भाेलि (बुधबार) काे समय तोकेको छ। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी दर्ता प्रक्रियाका लागि आयोगले बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्न समय तोकेको हो।

राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपतिले कार्यान्वयमा ल्याएपछि नेता नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि गत बुधबार निवेदन दिएका थिए। राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ।

अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्‍याउनुपर्छ।

प्रकाशित: ८ भाद्र २०७८ ०८:११ मंगलबार

निर्वाचन आयोग नेकपा (एकीकृत समाजवादी) पार्टी माधवकुमार नेपाल