राजनीति

एमाले विभाजन हुनुमा ओली जिम्मेवारः माधव नेपाल

माधव कुमार नेपाले एमाले विभाजन हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको बताएका छन्। सोमबार चन्द्रागिरी रिसोर्टमा बसेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले ओलीकै कारण पार्टी विभाजन हुनुपरेको आरोप लगाए।  

जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्नेछ। प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीमा १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ।

पार्टीमा एक अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन्। उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन्।

नेपालले दल दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त निवदेनमा बुधवार निर्वाचन आयोगले नेताहरुलाई सनाखत गर्न बोलाएको छ।

प्रकाशित: ८ भाद्र २०७८ ०६:४७ मंगलबार

एमाले विभाजन हुनुमा ओली जिम्मेवारः माधव नेपाल पक्ष