राजनीति

लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा सुवेदी नियुक्त

लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्। सुवेदीलाइ प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमकाबीच उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतले शपथग्रहण गराएकी छन्। 

सुवेदीको शपथग्रहणमा प्रदेश प्रमुख अमिक शेरचन,मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्री,सांसदहरु सहभागी थिए। प्युठानका सुवेदी यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका बिषयमा अधिवक्ताको काम गर्दै आएका थिए। 

यसअघिका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले निर्वतमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलेसंगै राजीनामा दिएपछि  रिक्त रहेको पदमा सरकारले सुवेदीलाइ नियुक्त गरेको हो।

प्रकाशित: ८ भाद्र २०७८ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App