राजनीति

प्रधानमन्त्री र भाजपा नेताबीचकाे भेटले एक नयाँ सुरुवात हुने महतको विश्वास

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।  

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ।

भेटमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस र भाजपा बीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको ट्विटमार्फत जानकारी दिए।

दुई दलबीच हुने सहकार्य र भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने बताउदै उनले भने, ‘मलाई विश्वास छ कि यो बैठक एक नयाँ सुरुवात हुनेछ।’

भाजपाको विदेश विभाग प्रमुखसमेत रहेका उनी कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन्।

प्रकाशित: ७ भाद्र २०७८ ०५:३३ सोमबार

प्रधानमन्त्री र भाजपा नेता भेटवार्ता