राजनीति

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन्।

शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन्।  

२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए।  

उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर्माण गरिएको छ। ६४ ज्योतिर्लिङ्गेश्वर मध्येमा पर्ने कुम्भेश्वर महादेवको दर्शन मात्र गर्नाले पनि मनोकामना पूरा  हुने विश्वास गरिन्छ।   

प्रकाशित: ४ भाद्र २०७८ ०९:१८ शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन