राजनीति

निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग

निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन्।

कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहेका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई १० हजार उनले सहयोग गरेका हुन्।

अस्पतालमा उपचार गराइरहेका पीडितको अर्थाभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पताल पुगी सहयोग गरेको उनका स्वकीयसचिव हेमन्त रेग्मीले बताए। 

प्रकाशित: ४ भाद्र २०७८ ०६:३१ शुक्रबार

निर्वतमानमन्त्री प्रेमबहादुर आले उपचारका लागि सहयोग