राजनीति

ओलीको कारबाही कार्यान्वयन नगर्न भन्दै माधव पक्षीय सांसद संसद् सचिवालयमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई गरेको कारबाही अवैधानिक भएको भन्दै माधवकुमार नेपाल पक्षीय सांसदले संसद् सचिवालयलाई संयुक्त पत्र लेखेका छन्। 

नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल पक्षले संसद् सचिवालयलाई पत्र लेखेका हुन्।  

बुधबार अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको हो।

'२०७८/०५/०१ गते नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले संघीय संसद् सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुरासयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारबाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन हार्दिक अनुरोध गर्दछौँ,' पत्रमा लेखिएको छ।

प्रकाशित: २ भाद्र २०७८ ०९:२२ बुधबार

नेकपा एमाले