राजनीति

एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही (नामावलीसहित)

नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ। उनिहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ ।  

संसद सचिवालयलाई दिएको सूचना निर्वाचन आयोगलाई समेत जानकारी गराएको एमालेले जनाएको छ। 

कारबाहीमा पर्नेमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।

प्रकाशित: १ भाद्र २०७८ ११:२९ मंगलबार

नेकपा एमाले १४ सांसदलाई कारवाही