राजनीति

दुनियाभर मादल बज्दा नि सरकारले थाहा पाएनः गोकुल बस्कोटा

सरकारले अफगानिस्तामा बस्ने नेपालीको उद्धार गर्न नसकेको भन्दै प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बस्कोटाले आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै बोल्दै बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न माग गरेका छन्।  

विश्वका अन्य मुलुकले आफ्ना नागरिक स्वदेश फिर्ता गरिरहेको बताउँदै बास्कोटाले सरकारले त्यहाँ रहेका नेपालीको व्यवस्था गरेको कटाक्ष गर्दै भने,'दुनियाभर मादल बज्दा नि थाहा पाएन।'

२०७३ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घन्टा भित्रै राहत र उद्धार गरेको स्मरण गराउँदै उनले भने, 'अहिलेसम्म सरकारले नेपालीहरुको उद्धार गर्न नसक्नुबाट जनताले के सिक्ने।' 

उनले 'सरकार कहाँ छ? जनता जान्न चाहन्छ' भन्दै प्रश्न समेत गरे।

प्रकाशित: ३२ श्रावण २०७८ ०८:५१ सोमबार

गोकुल बस्कोटा