राजनीति

अफगानिस्तानको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। अफगानिस्तानको विकसित घटनाक्रम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे यथार्थ जानकारी दिन सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन्।

'हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा मेरो र सभाको गम्भीर ध्यानाकर्षण भएको छ', सभामुख सापकोटाले भने, 'त्यसबारेमा सभाको आगामी बैठकमा जानकारी दिन नेपाल सरकारलाई निर्देश गर्दछु।' 

प्रकाशित: ३२ श्रावण २०७८ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App