राजनीति

मन्त्रिपरिषद् बैठकः प्रदेश २ का प्रमुख बर्खास्त, हरिशंकर मिश्रलाई नयाँ नियुक्तिका लागि सिफारिस

फाइल तस्बिर

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई बर्खास्त गरेको छ। नयाँ नियुक्तिको लागि हरिशंकर मिश्रलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।  

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मिश्र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र पूर्व सांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि यस अगाडि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्ति गरिएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको हो।

प्रकाशित: ३२ श्रावण २०७८ ०८:०८ सोमबार

मन्त्रिपरिषद् बैठक प्रदेश २ का प्रमुख