राजनीति

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्नः शिक्षा मन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो?

राष्ट्रिय सभा सदस्य कोमल वलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताएकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले शिक्षा मन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरिन्।

'भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ', उनले भनिन्, '४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन्। उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ।'  

उनी अगाडि भन्छिन्, 'हेल्थ प्रिकर्सन प्रयोग गरेर हुन्छ कि, सबै विद्यार्थीहरुलाई खोप उपलब्ध गराएर हुन्छ, अल्टरनेटिभ वेबाट भएपनि परीक्षा दिने व्यवस्था होस् माग गर्न चाहन्छु, ति विद्यार्थीको भविष्यलाई ध्यान दिइओस्।'

प्रकाशित: २८ श्रावण २०७८ ०९:५२ बिहीबार

शिक्षा मन्त्री नियुक्ति राष्ट्रिय सभा सदस्य कोमल वली