राजनीति

लुम्बिनी प्रदेशः मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

माओवादी केन्द्रका केसी मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले प्रदेश प्रमुख अमिक शेरचना समक्ष राजीनामा दिएका हुन्। पोखरेले आफू बिरुद्ध अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट आजै पास हुने देखेपछि पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनुअघि मुख्यमन्त्री निवाशमै आज बिहान उनले संसदीय दल र मन्त्रीपरिषदको बैठक बोलाएका थिए। ती बैठकमा संसदमा बहुमत नपुग्ने निश्चित भएपनि सर्वोच्चमा विशेष अधिवेशन बिरुद्ध परेको रिटमा अन्तरिम आदेश सरकार अनुकुल आउन सक्ने भन्दै केही आजको सुनुवाइ कुर्ने भनिएको थियो।

तर, सर्वोच्चबाट पनि अनुकुलको अन्तरिम आदेश नआउने संकेत पाएपछि उनले राजीनामा दिएको बताईएको छ। त्यसोत विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेकै दिन पोखरेल काठमाडौं हानीएका थिए। पार्टीको केन्द्रिय नेतृत्व र सर्वोच्च मार्फत निकाश निकाल्न मंगलबार सम्म काठमाण्डौमै बसेर कसरत गरेका थिए। तर आज (बुधबार) विशेष अधिवेशन हुने भएपछि मंगलबार बिहान मात्रै उनी बुटवल फर्केका हुन्।

आफू बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरुमा पोखरेलले अधिवक्ता प्रवेश केसी मार्फत सर्वोच्चमा रिट हाल्न लगाए। केसीको रिटमा दरपीठ गरिदिएपछि प्रदेश सांसद तथा पुर्व मन्त्री लिला गिरीले रिट हालेका थिए। सो रिटमा मंगलबार हेर्न नभ्याउनेमा राखीएको थियो।

माओवादी केन्द्रका केसी मुख्यमन्त्री बन्दै

पोखरेलले राजीनामा दिएसंगै विपक्षी गठबन्धनबाट नेकपा माओवादी केन्द्र संसदिय दलका नेता कुलप्रसाद केशी मुख्यमन्त्री बन्ने भएका छन्। संभवत आजै साँझ सम्ममा प्रदेश प्रमुखले अमिक शेरचनले नयाँ सरकार गठनकालागि प्रस्ताव आह्वान गर्नेछन्। गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा छन्।

कुल ८७ सांसद संख्या मध्ये सत्ता जोगाउने र ढाल्ने कसरतकै कारण कारबाही र राजीनामा प्रकरणले प्रदेशसभा ८० सदस्यीय छ। जसमा नेपाली काँग्रेसका १९, नेकपा माओवादीका सभामुख बाहेक १८,जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ जना हुन्। एमालेका ३८ सांसद छन्।

प्रकाशित: २७ श्रावण २०७८ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App