राजनीति

देउवा सरकारले चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने

देउवा नेतृत्वको सरकारले अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ। देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सोको तयारीमा लागेको बताए। 

प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिँदै उनले देशको आवश्यकताअनुसार सरकारले बजेट ल्याउने बताए। अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिँदै भने, ‘सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड १९ महामारीको कारण सिर्जित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु।’

प्रकाशित: २६ श्रावण २०७८ १३:११ मंगलबार

अर्थमन्त्री जनार्दन शर्मा