राजनीति

म प्रधामन्त्री बन्न जन्मिएको हाेइनः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नका लागि नभएर देशको सेवा गर्नका लागि जन्मिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा विपक्ष दलको हैसियतले बोल्दै ओलीले सो कुरा बताएका हुन्।

'म यस देश र जनताको निम्ती जन्मिएको हुँ', उनले भने, 'म प्रधानमन्त्री बन्नको लागि जन्मिएको होइन।'  

विभिन्न जालझेल र षड्यन्त्रबाट आएका गलत कुराहरुलाई आफूले साथ नदिएको बताउँदै उनले आफू ६४ वर्षसम्म पनि प्रधानमन्त्री नभएको जनाए।

प्रकाशित: २६ श्रावण २०७८ ०८:२७ मंगलबार

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक