राजनीति

भारतीय स्वतन्त्रतामा नेपालको योगदान स्मरण

भारतले आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउन तयारी गरिरेहको अवस्थामा त्यहाँको बिहार प्रान्तको ऐतिहासिक शहर बैशालीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालको पनि योगदान भएको स्मरण गरेका छन्। महात्मा गान्धीले ब्रिटिश शासनको बिरुद्धमा ‘भारत छोडो’ आन्दोलन अगस्त ९ तारेखका दिन सुरु गरेको दिवसमा मिडिया फोर बोर्डर हार्मोनी बैशाली शाखाले आयोजना गरेको मैत्री संवाद कार्यक्रममा सहभागीहरुले यस्तो स्मरण गरेका हुन्।

उनीहरुले नेपालबाट पुगेका ११ जना पत्रकारसहित १४ सदस्यीय टोलीलाई स्वागत गरेका थिए। ‘हामी भारतका जनता अहिले ७५ औं स्वतन्त्रता दिवस मनाई राख्दा उक्त स्वतन्त्रता प्राप्तिमा नेपालीहरुको पनि योगदानको लागि हामीले यहाँहरुप्रति सम्मान प्रकट गर्दछौंं,’ कार्यक्रमको सभाध्यक्षता गरेका आयोजक संस्थाका अध्यक्ष प्रभात कुमारले भने, ‘नेपाल देशप्रति, विश्वलाई शान्तिको ज्ञान दिने भगवान बुद्धप्रति र नेपालका विश्वेश्वरप्रसाद कोइरला लगायत तमाम प्रजातन्त्रवादी नेताहरुप्रति यो सम्मान हो।’

नेपालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा भारतीयहरुको योगदान पनि महत्वपूर्ण रहेको भन्दै यस्तै ऐतिहासिक साझापनाले नेपाल र भारतको सम्बन्धलाई अद्वितीय बनाउने गरेको सहभागी नरेश सर्राफले बताए। त्यहाँका वरिष्ठ पत्रकार अनिल कुमारले नेपाल र भारतको सम्बन्धको बैशाली शहर पुरानो साक्षी भएको उल्लेख गरे।

प्रकाशित: २५ श्रावण २०७८ १४:१२ सोमबार

ऐतिहासिक शहर पत्रकारसहित