राजनीति

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेट, राजदूत यान्छीद्वारा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए। 

गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गरे। भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताइन्। 

उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सकारात्मक रहेको पनि बताइन्। 

प्रकाशित: २४ श्रावण २०७८ १३:३५ आइतबार

गृहमन्त्री बालकृष्ण खाँण