राजनीति

एडीबीले दिएको १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय

फाइल तस्बिर

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १६५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेकाे मन्त्रिपरिषदमा सरकारले सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हाे।

त्यसैगरी, गत वैशाख १६ गतेदेखि निषेधाज्ञा अवधिभर व्यक्तिगत घटना दर्तामा लाग्ने विलम्ब शुल्क मिनाहा गर्ने निर्णय भएको छ। निषेधाज्ञाका कारण व्यक्तिगत घटना दर्ता हुन पाएको थिएन। सोही कारण स्थानीय निकायले विलम्ब शुल्क लिन थालेका थिए। सरकारको निर्णयपछि कुनै पनि विलम्ब शुल्क लिन नपाइने भएको छ। 

विभूषण समितिको सदस्यमा प्रा भूषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनदास श्रेष्ठ, कुशप्रसाद मल्ली, ओमप्रकाश महतो, नरबहादुर कँडेललाई  नियुक्त गरिएको छ। राष्ट्रिय जीवनमा आ–आफ्नो क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई समितिको सदस्यमा नियुक्त गरिएको हो।

प्रकाशित: १९ श्रावण २०७८ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App