राजनीति

प्रधानसेनापतिसँग अमेरिकी राजदूतको भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्। 

सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उनीहरूबीच दुई पक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०७८ १२:०६ मंगलबार

अमेरिकी राजदूत प्रधानसेनापति पूर्णचन्द्र थापा