राजनीति

संघीयताको विषयमा सरकार आफै अनविज्ञः सांसद बिडारी

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गरेका छन्।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उनले संघीयताबारे सरकार आफै अनविज्ञ रहेको दावी गरे। 

सांसद बिडारीले अहिलेको ‘ब्यूरोक्रेसी’ समेत संघीयताको बारेमा जानकार नरहेको बताए। आफूले संघीयताको बारेमा पटक पटक भन्ने गरेको स्मरण गराउँदै उनले भने,'हाम्रो अहिलेको ब्यूरोक्रेसी, अहिले हाम्रो चलिरहेको सरकार संघीयताको बारेमा अनविज्ञ।'  

संघीयताको बारेमा उसले जिन्दगीभर कुनै अभ्यास नगरेको, नपढेको हुनाले सरकार र मुलुकको ब्यूरोक्रेसी संघीयताको बारेमा अनविज्ञ रहेको सांसद बिडारीको तर्क छ। 'अन्तको संघीयताको अभ्यास हाम्रोमा अभ्यास भएन। हाम्रो देशमा थिएन,' सांसद बिडारीलेको प्रश्न थियो, 'विचरा, सरकारको दिमागमा कसरी संघीयता छ भन्ने सोच आओस?' 

कानुनका जानकार उनले नेपालमा कति वटा ऐन छन भन्ने कुरा नेपाल सरकारका पदाधिकारीलाई समेत थाहा नभएको जिकीर समेत गरे।

प्रकाशित: १९ श्रावण २०७८ १२:०० मंगलबार

राष्ट्रियसभाका सांसद रामनारायण बिडारी संघीयताको विषय