राजनीति

पार्टीलाई एकतावद्ध बनाउने एमाले स्थायी समितिको निर्णय

नेकपा एमालेमा देखिएको विवाद समाधान गर्नका लागि पार्टीले थप प्रयास गर्ने भएको छ। पार्टीलाइ एक बनाएर्र लैजानका लागि सबै प्रयासहरु गर्ने निर्णय सहित पार्टीको स्थायी समिति बैठक सकिएको नेकपा एमालेले जनाएको छ।  

आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले एमालेलाई एकतावद्ध बनाएर लैजानका लागि थप छलफल गर्ने निर्णय भएको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए। उनले पार्टीलाई जेठ २ कै टाइमलाइन अनुसारै अघि बढाउन सकिने विषयमा छलफल अघि बढाउने गरी बैठक सकिएको बताए। 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएको महासचिव पोखरेलले बताए। 

प्रकाशित: १७ श्रावण २०७८ १२:३६ आइतबार

नेकपा एमाले