राजनीति

तुईनबाट युवक खसेको घटनाकाे छानबिन गर्न सरकारसँग माग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्। अखिल फोर्सले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले सो घटनामा संलग्नलाई कारबाही गर्न भारत सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए।  

नेता नेपालले भने, 'महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं। त्यो घटना अमानवीय देखियो भनेर आएको छ। त्यसको छानबिन गरियोस्।'

यस्तै, उनले अगाडि भने, 'ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा बेपत्ता भएको सुन्नमा आएको छ। त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु।'

प्रकाशित: १६ श्रावण २०७८ १३:०२ शनिबार

तुईनबाट युवक खसेको घटना छानबिन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल महाकाली नदी जयसिंह धामी