राजनीति

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा पुगेका छन्।

ठाकुरले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गर्दै शुक्रबार रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन्।

आयोगले जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई साउन ११ गते आधिकारिकता दिएको थियो। १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ।

प्रकाशित: १५ श्रावण २०७८ १०:०५ शुक्रबार

निर्वाचन आयोग महन्थ ठाकुर उपेन्द्र यादव पक्ष