राजनीति

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखका लागि अमिक शेरचनको नाम सिफारिस

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)को सिफारिस अनुसार सरकारले तत्कालीन गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पुनः प्रदेश प्रमुखमा नियुक्ति गर्ने तयारी गरेको छ।  

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अपमानजक ढंगले प्रदेश प्रमुखबाट बर्खास्त गरेको भन्दै पुनः उनलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गर्न सरकारसमक्ष आग्रह गर्ने माओवादी केन्द्रमा एक शिर्ष नेताले नागरिकन्यूजलाई बताए।

संवैधानिक व्यवस्था अनुसार एकपटक कुनै प्रदेशमा प्रदेश प्रमुखको रुपमा काम गरिसकेको व्यक्तिलाई सोही प्रदेशमा नियुक्ति गर्न नपाइने भएकोले शेरचनको नियुक्ति कुन प्रदेशको प्रदेश प्रमुखमा हुने भन्नेबारे प्रस्ट भइनसकेको ती नेताले बताए।

प्रकाशित: १२ श्रावण २०७८ ११:४७ मंगलबार

नेकपा (माओवादी केन्द्र