राजनीति

पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्ने

डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकताको विवादमा तटस्थ बस्ने निर्णय गरेका छन् ।  

कारागारबाट  निर्वाचन आयोग पुगेका चौधरीले पक्ष विपक्षमा सनाखत गर्न  नैतिकताले नदिएको भन्दै तटस्थबस्ने निर्णय गरेका हुन् ।  

‘मेरो लागि पक्ष विपक्ष दुवै जसपा हो,’ उनले भने, ‘त्यसैले  सनाखत गर्न मेरो नैतिकताले दिएन ।’ जसपाको आधिकारिकता विवाद टुँग्याउनका लागि सबै केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई हस्ताक्षर सनाखत गर्न सोमबार आयोगमा बोलाएको थियो।

प्रकाशित: ११ श्रावण २०७८ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App