राजनीति

रेशम चौधरी पुगे निर्वाचन आयोग, तटस्थ बस्न सक्ने

तस्बिरः माेनिका मल्ल/नागरिक

डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुँग्याउनका लागि सबै केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई हस्ताक्षर सनाखत गर्न सोमबार आयोगमा बोलाएको थियो।

चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताए पनि उनी तटस्थ बस्न सक्ने स्राेतले जनाएकाे छ।

प्रकाशित: ११ श्रावण २०७८ ०९:११ सोमबार

जनता समाजवादी पार्टी (जसपा) रेशम चौधरी