राजनीति

प्रधानमन्त्रीलाई राष्ट्रिय व्यावसायिक पहलको शुभकामना

राष्ट्रिय व्यावसायिक पहलले प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिएको छ। संस्थाका अध्यक्ष कुशकुमार जोशीले प्रधानमन्त्रीसँगको भेटमा बधाई तथा शुभकामना व्यक्त गरेको संस्थाले जनाएको छ।  

भेटमा उनले संस्थाले गर्दै आएका पहलबारे प्रधानमन्त्रीलाई जानकारी दिए। सरकारले सबै नेपालीलाई खोप उपलब्ध गराउन गरेको प्रतिबद्धताप्रति खुसी व्यक्त गर्दै यसलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउन जोशीले आग्रह गरे।  

अर्थतन्त्रलाई दिगो र मजबुत बनाउन उद्योग व्यवसायलाई चलायमान बनाउन अत्यावश्यक रहेको र यसका लागि तेस्रो लहर आउनुअघि नै उद्योग कलकारखानामा काम गर्ने कामदार लगायत आम नागरिकलाई खोपको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ। प्रधानमन्त्री देउवाले उक्त सुझावलाई सकारात्मक रूपमा लिँदै निजी क्षेत्रलाई पूर्ण सहयोग रहने विश्वास दिलाएका छन्।

प्रकाशित: ११ श्रावण २०७८ ०५:२४ सोमबार

प्रधानमन्त्रीलाई शेरबहादुर देउवा राष्ट्रिय व्यावसायिक