राजनीति

कोरियाका राजदूत मान र विजुक्छेंबीच भेट

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले बिहीबार भेट गरेका छन्। भेटमा अध्यक्ष बिजुक्छेँले विश्वभरि महामारीको रुपमा फैलिएको कोभिडबाट जनतालाई सुरक्षित राख्ने अभियानमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु लागिरहेकोे बताए। 

उनले मित्र राष्ट्र चीनबाट नेमकिपा र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सहयोगस्वरुप प्राप्त विभिन्न स्वास्थ्य उपकरणहरुबाट जनताको सेवा गर्न मद्दत पुगेको बताए। अध्यक्ष बिजुक्छेँले प्रजग कोरियाले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको कारण हरेक क्षेत्रमा सफलता मिलेको बताउनुदै प्रजग कोरिया कोभिडबाट पूर्ण सुरक्षित हुनुमा कोरियाली सरकारको निकै ठूलो भूमिका रहेको छ भने।  

भेटमा राजदूत मानले कोरियाली राष्ट्रपति किम जोङ उनको नेतृत्वमा संरा अमेरिकाले प्रजग कोरियासँग वार्ता गर्न खोजिरहेको र वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताए।  

भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँ, कोरियाली राजदूतावासका तर्फबाट सल्लाहकार किम जोन ह्योक र एम्बासी अफिसर पिक जिन ह्योकको उपस्थिति थियो।

प्रकाशित: ७ श्रावण २०७८ १४:५७ बिहीबार

कोरियाका राजदूत मान नेपाल मजदुर किसान पार्टी (नेमकिपा)