राजनीति

जसपा आधिकारिकता विवादः कार्यकारिणी समितिका सदस्यको सनाखत हुने

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धमा कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ।

बिहीबार अध्यक्ष दिनेश थपलियासहितको इजलासले आधिकारिकता विवाद टुंग्याउन जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाइएको जसपाका नेता मोहम्मद इस्तियाक राईले बताए। 

सनाखतका लागि आयोगले साउन ११ गते ११ बजे सक्लल नागरिकतासहित बोलाउने निर्णय गरेको उनले बताए।

प्रकाशित: ७ श्रावण २०७८ १२:४८ बिहीबार

निर्वाचन आयोग जनता समाजवादी पार्टी (जसपा) जसपा आधिकारिकता विवाद