राजनीति

देउवालाई मत हाल्ने २२ जना संसादलाई सोध्यो एमालेले स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको निर्देशन विपरीत प्रतिनिधिसभा बैठकमा विश्वासको मत दिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । 

प्रकाशित: ६ श्रावण २०७८ ११:३० बुधबार