राजनीति

मोदी र देउवाबीच टेलिफोन संवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री  शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ । देउवासंग भएको संवादमा मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले केही बेर अघि  ट्वीट गर्दै कोभिड–१९ महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।संसदमा विश्वासको मत हासिल गरेपछि मोदीले आइतबार राती देउवालाई ट्वीटमार्फतनै बधाई समेत दिएका थिए । 

प्रकाशित: ४ श्रावण २०७८ ०९:२१ सोमबार