राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो।  

बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने बताइएको छ। आइतबारमात्रै नेकपा एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विभाजित भएका थिए।  

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने बताएको छ।

प्रकाशित: ४ श्रावण २०७८ ०४:४५ सोमबार

केन्द्रीय कमिटी बैठक नेपाल समूह नजाने