राजनीति

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।

पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका भन्दै प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।

कार्यदलमा रहेका गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले विश्वासको मत नदिने भएका हुन्। यस्तै, कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडालगायत अन्य केही नेताले पनि विश्वासको मत नदिने जनाएका छन्।

उनीहरु विश्वासको मत नदिएर तटस्थ बस्ने भएका छन्।

प्रकाशित: ३ श्रावण २०७८ १५:२३ आइतबार

माधवकुमार नेपाल समूह नेकपा (एमाले)