राजनीति

प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा ह्वीप जारी

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ। 

असार २८ गते पुनःस्थापना भएकाे प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ। आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

सचेतक भुसालले सबै दलबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत पाएर बहुमत प्राप्त हुने विश्वास कांग्रेसले राखेकाे बताइन्।

प्रकाशित: ३ श्रावण २०७८ १०:१४ आइतबार

सत्तारुढ नेपाली कांग्रेस प्रतिनिधिसभा