राजनीति

पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति बारको आपत्ति, प्रधानन्यायाधीशको पुत्ला दहन नगर्न अनुरोध

प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको पुत्ला दहन गर्ने र उनको पदीय मर्यादामाथि गम्भीर रुपमा आक्षेप लगाई गाली गलौज गर्ने कार्यप्रति बारले आपत्ति जनाएको छ।

सर्वोच्च अदालत बार एशोसिएसनले असार २८ गते भएको आदेशविरुद्ध राजनीतिक नेता, कार्यकर्ता र अन्य विभिन्न व्यक्तिहरुले प्रधान्यायाधीस राणाविरुद्ध विभिन्न आरोप लगाएको जनाउँदै सो कामको भत्सर्ना गरेको छ।

एक विज्ञप्तिमार्फत् एशोसिएसनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका कार्यकर्ताको अभिव्यक्तिको समेत भत्सर्ना गरेको छ। ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका कार्यकर्ताद्वारा अदालतको आदेशका विरुद्ध भ्रम तथा अफवाह फैलाउने उद्देश्यले अभिव्यक्त गरिएका ‘जहाँनियाँ राणा शासन शैली, प्रधानमन्त्री तोक्ने विश्वमा नभएको जात्रा, संविधान र जनतामाथि अतिक्रमण, अदालतद्वारा च्यातिएको÷भत्किएको संविधान लिकमा नआएसम्म आन्दोलन रहने’ लगायतका अति असोभनीय आक्रामक शैलीप्रति यो बार क्षोभ प्रकट गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

एशोसिएसनका सचिव ऋषिराम घिमिरेको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमार्फत् प्रधानन्यायाधीसविरुद्ध कुनै भ्रम नफैलाउनका लागि समेत अनुरोध गरिएको छ।

प्रकाशित: ३१ असार २०७८ १३:०० बिहीबार

प्रधानन्यायाधीस