राजनीति

कोटेश्वरमा दाहाल, नेपाल र विप्लवबीच भेटवार्ता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरूबीच भेटवार्ता भएको छ । 

शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेका ‘विप्लव’ले पछिल्लो समय प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाटको सक्रियता बढाएका छन् । 

यसअघि महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवासमा भेटवार्ता गरेका थिए । 

प्रकाशित: ३१ असार २०७८ ०७:२४ बिहीबार